गाउँपालिका अध्यक्षमाथि कुटपिट

खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ ,” उनले भने ।

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिइन् । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस