भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा आज एक ६४ वर्षीय पुरुषको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।भारतमा अहिलेसम्म १२८ जनामा कोरोना संक्रमण देखिएको छ र त्यसमध्ये ३६ जना महाराष्ट्रका मात्रै रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस