प्रदर्शनकारीबाट गोली चलेपछि पनौतीमा कर्फ्यु

काभ्रेपलाञ्चोक । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि आक्रोशित भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर्फ्यु लागेको छ । बिहान नौ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सोमबार पनौती नगरपालिका–५ मानेश्वरी बसपार्कमा टिपरको ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि मृतकका आफन्तले प्रदर्शन गरी ढुगांमुढा गरेका थिए । सो क्रममा प्रहरीले २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेकोे थियो भने प्रदर्शनकारीबाट गोली चलेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गोलीको छर्रा लागेर केही प्रदर्शनकारी समेत घाइते भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस