ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र  ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस