विदेशबाट फर्किएर नेपालमै उद्यम गर्नेलाई पुरस्कार दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा नै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई  राष्ट्रिय स्तरको पुरस्कार दिइने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको कामको सम्मानस्वरुप पुरस्कृत गर्न लागेको हो ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसूची २ अनुसार ढाँचामा आवेदन भरी खामवन्दी गरी कार्यालय समयभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सकिने छ ।

श्रमिक भिसामा विदेश गइ कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्छन् । चैत २३ गतेभित्र आवेदन भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस