सुनको मूल्य ताेलामा ५०० ले बढ्यो

काठमाडौं । केही दिन यता लगातार घटिरहेको सुनको मल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा आज प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार ७९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस