पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स ! किन गरिन् उनीले यस्ताे निर्णय ?

काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र चर्चित सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समय पहिले वैवाहिक जीवनमा खटपट देखिएकाे हल्ला बजारमा चलेकाे थियाे । भर्खरै यसै विषयलाई लिएर पूर्व मिस नेपाल उषाले आफ्नो आधिकारीक फेसबुक मार्फत जानकारी दिएकी छन् ।

 

 

 

 

 

 

 

उनले सामाजिक सञ्जालमा  लेखेकी छन्,‘यदि विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिने कुनै आधार छैन ।‘ अब म भन्छु ‘नो’।

गएराती लेखिएको स्टाटसमा उषाले थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ जीपी र उषाको यसअगाडि पनि डिर्भोसको हल्ला चलेको भएता पनि दुवैले वास्तविकता नभएको वताउँदै आएका थिए ।

उषाको पति जीपी तिमिल्सिनासँग विवाद बढेपछि सम्बन्ध बिच्छेद गर्ने टुंगोमा दुबै पुगेकाे हुन् । उनीहरुबीच सम्पत्ति बाँडफाँडको टुंगो लाग्न मात्रै बाँकी छ । एक छोरा र एक छोरीका आमा उषाले १७ वर्ष लामो वैवाहिक जीवन बिट मार्ने निर्णय गरेकी हुन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस