अहिलेका चल्तीका नायक पल शाह

काठमाडौं । पल शाह अहिलेका चल्तीका नायक हुन । उनीले फिल्म क्षेत्रमा ‘नाइँ नभन्नु ल ४‘ बाट डेब्यु गरेका हुन । शाहको जन्म दाङको रामपुरमा भएको हो भने गंगा माध्यमिक विद्यालय दाङबाट विसं २०६१ सालमा एसएलसी उत्तिर्ण गरेका हुन् । उनी घरको जेठा छोरा हुन् ।

पलको बुवा जिल्लामा समाजेवी र राजनीतिज्ञका रुपमा परिचित छन् । पछिल्लो समयमा चलचित्र क्षेत्रमा निकै सक्रिय पलकी आमाले घरमै खुद्रा पसल सञ्चालन गर्छिन भने उनकी एकजना बहिनी पनि छिन् । पलको नाम मोडलिङ क्षेत्रमा आउनु अगाडि पूर्ण विक्रम शाह थियो । शाहले मोडलिङ क्षेत्रमा आएपछि नाम परिवर्तन गरेर पल शाह बनाएका हुन् भने आफ्नो बाल्यकाल दाङको रामपुरमै विताएका थिए ।

पल शाह सानैदेखि नेपाली फिल्मप्रति आर्कर्षित थिए । उनी आमाको पसलबाट पैसा चोरेर लैजान्थे र स्थानिय फिल्म हलहरुमा साथीसँग फिल्म हेर्थे । उनलाई फिल्म हेर्ने बानी यतिसम्म परिसकेको थियो कि फिल्म हेर्नकै लागि क्लाससमेत छोडिदिन्थे जसका कारण थुप्रै पटक बुवाआमाको हातबाट पिटाई समेत खाएका थिए ।

पल नेपालको लोकप्रिय अभिनेता भएका छन् । जुन हलमा उनी भागेर फिल्म हेर्थे, सोहि हलमा अहिलेको समयमा उनका फिल्मका ठुला ठुला पोष्टर टागिन्छन् । अहिले चर्चित मोडल तथा नायक पल शाह चर्चामा रहिरहने नेपाली कलाकार मध्ये अगिल्लो पंक्तिमा पर्छन् ।

एसएलसी पास गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ आएका हुन । पलले आफ्नो खर्च जुटाउन काठमाडौमा विभिन्न काम गरेको वताउँछन् । आफूले भनेजस्तो काम नपाएर धेरै हन्डर ठक्कर खाएपछि उनले प्लस टु पढ्दै गर्दा टेलिभिजनमा भिडियो इडिटिङ सिके र यसैक्रममा केहि टेलिभिजनमा भिडियो इडिटर भएर काम गरे । ब्याचलर पढ्दै गर्दा पलले भारतको दिल्ली गएर एनिमेशन र भिडियो इडिङको थप एडभान्स कोर्ष सिकेर आएका थिए । जसले उनलाई राम्रो भिडियो इडिटर बनाउन सहयोग गर्यो ।

उनी आफु मोडल र नायक हुन्छु भन्ने सपना नदेखेको बताउँछन् । पल बरु राम्रो भिडियो इडिटर बन्ने र पर्दामा भिडियो इडिटर भनेर आफ्नो नाम आओस भन्ने चाहाना राख्थे । काठमाडौँमा अभावले बाँचेका अहिलेका हिट नायक पललाई सबैभन्दा गाह्रो समय सार्वजनिक गाडीमा यात्रा गर्दा परेको थियो जतिवेला उनीसँग एक रुपैयाँ पनि थिएन । मिडियामा काम गर्दै जाँदा पल धेरै फिल्म निर्माता, निर्देशक, मोडल र फिल्मी कलाकारहरुको संगतमा परे ।

उनको भित्री चाहना म्युजिक भिडियोमा काम गर्ने थियो । उनको एकदमै मिल्ने साथीले म्युजिक भिडियो ‘तिम्रो यादमा रुन्छु अचेल‘ मा काम गर्ने अफर गरे तर त्यो भिडियो चलेन ।त्यो भिडियोमा अनुभव बटुलेपछि पललाई अर्को म्युजिक भिडियो ‘को होला त्यो’ मा काम गर्ने ढोका खोलिदियो । त्यसपछि ‘को होला त्यो’ र ‘हनि बनी’ म्युजिक भिडियो पलको जिन्दगीको टर्निङ प्वाइन्ट बने । हालसम्म उनले करिब दुई सय म्युजिक भिडियोमा काम गरिसकेका छन् । फिल्म ‘प्रेमगीत २‘, र ‘म यस्तो गीत गाउँछु‘ चलेपछि उनी अहिलेका चर्चित नायक बनेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस