कोरोनाका कारण खेलकुद प्रतियोगिताहरु स्थगित

काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै खेलकुद प्रतियोगिताहरु स्थगित भएका छन् । इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगहरु रोकिएका छन् ।

अमेरिकामा तत्काल हुँदै गरेका सबै मूख्य खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको छ । केही खेलकुद प्रतियोगिताहरु बन्द रंगशालमा दर्शकविना नैं संचालन गरिएको छ । शीर्ष क्लबका खेलाडी तथा प्रशिक्षकहरुमै कोरोनाको संक्रमण देखिएको छ । इंग्लीश फुटबल क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा संक्रमण पुष्टी भएको छ ।

उनलाई हाल क्वारेन्टाइनमा राखिएको छ भने आर्सनल र ब्राईटनबिच अर्को हप्ता हुने प्रिमियर लिग फुटबलको खेल रद्द गरिएको छ । इटालीयन क्लब युभेन्टसका पोर्चूगीज खेलाडी क्रिश्च्यिानो रोनाल्डोलाई संक्रमणको आशंकामा क्वारेन्टाईनमा राखिएको छ ।

स्पेनिस क्लब रियाल मड्रिडको बास्केटबल टिमका एक जना खेलाडी कोरोना भाइरसको संक्रमणमा परेका छन् । रियालको फुटबल टोलीले पनि उनीसँगै प्रशिक्षण गर्ने गरेकोले रियाल मड्रिडले आफ्ना सम्पूर्ण खेलाडीहरुलाई क्वारेन्टाईनमा राखेको छ ।

रियाल मड्रिड र म्यान्चेस्टर सिटीबचि अर्को हप्ता हुने च्याम्पियन्स लिगको खेल रोकिएको छ भने टेनिसका सम्पूर्ण प्रतियोगिता कम्तिमा ६ हप्ताको लागि स्थगित गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस