नेपाल बैँक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक  र नीलकण्ठ नगरपालिकाबीच मेयर विकास उद्यमशीलता कार्यक्रमअन्तर्गत व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौतामा  भएको छ ।  धादिङ सदरमुकाम धादिङवेशीमा आयोजित एक समारोहमा सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख भिमप्रसाद ढुंगाना र  बैँकका तर्फबाट बैंकका  बागमति प्रदेश प्रमुख सुन्दर पन्थीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार चालु आर्थिक वर्षमा २ सय ८० जना उद्यमीले प्रत्यक्ष लाभ लिनेछन् । सम्झौता लागु भएसँगै उद्यामीहरुले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन ।

उक्त कर्जामा उद्यमीहरुले व्याजमा अनुदान पाउनेछन् । यस प्रकार असल ऋणीहरुमध्येबाट महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन । बैंकले यो कर्जा  प्रवाह गर्दा सेवा शुल्क लिनेछैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस