पाँच वर्षभित्र ५० अर्बको विद्युत् निर्यात गर्ने नेपाल विद्युत्प्रा धिकरणकाे योजना

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो ।

विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६-७७  देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७-०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ । चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७-७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८-७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९-८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०-८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।

पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्‍याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।

विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाइसकेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस