मोटरसाइकल र भ्यान ठोक्किँदा दुई युवकको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा सोमबार दुई युवकको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका–६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पश्चिमबाट पूवतर्फ आइरहेको स५प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना३प ८५२८ नम्बरको म्याजिक भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस