१५ वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा

काठमाडाैँ । बलिउड नायिका रबिना टन्डनकी छोरी रेशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् ।

रबिना टन्डनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्रीब्यूटर्स हुन् । रबिना र अनिलले सन् २००३ मा ‘स्टम्प्ड’ फिल्मको सेटमा डेटिङ सुरु गरेका थिए, त्यसको एक वर्षपछि दुईले विवाह गरे ।

फेब्रुअरी सन् २००४ मा रबिना र अनिलको विवाह राजस्थानको उदयपुरमा भयो । एक वर्षपछि मार्च १६ तारिखमा रेशाको जन्म भयो ।

सन् २००८ मा रबिनाले छोरा रणबीरवर्धनलाई पनि जन्म दिइन् । आमा–छोरीलाई धेरैजसो मुम्बईमा सँगै घुमिरहेको देख्न सकिन्छ । शनिबार पनि उनीहरुलाई ‘प्रि–बर्थडे’ सेलिब्रेसनमा भेटियो ।

रबिनाले दुई जनालाई धर्मपुत्री बनाएकी छिन् । एक्ली आमाको रुपमा रबिनाले सन् १९९५ मा पूजा र छाया नामका दुईजनालाई धर्मपुत्री बनाएकी हुन् ।

राशा थडानी आमासँग ‘दादा साहेब फाल्के अवार्ड’ मा पुगेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस