जुफालमा सिटिजन्स बैंकको ९४ औं शाखा

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पाको जुफाल शाखा सञ्चालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले डोल्पाको जुफाल शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।

नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरोबनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा सञ्जालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको कुरा बैंकले जानकारी प्रदान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस