कोरोना त्रास : पूजा-पल अभिनित ‘म यस्तो गीत गाँउछ-२’को प्रदर्शन स्थगित

काठमाडौं । अभिनेत्री पूजा शर्मा र पूणविक्रम शाह (पल)को अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाँउछ-२’ निमार्ण युनिटले आफ्नो प्रदर्शन रोकेको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । यसैलाई मध्यनजर गर्दै आउँदो ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन रोकिएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रापर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेको र त्यसैलाई मध्यनजर गरी सरकारको अर्को सूचना नआउञ्जेल सम्मका लागि फिल्म प्रदर्शन स्थगित गरिएको फिल्म युनिटले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस