कोरोनाभाइरसबाट एक लाख बढी संक्रमित

काठमाडौं – विश्वभर कोरोनाभाइरसबाट एक लाख बढी संक्रमित छन् । अन्य देशमा संक्रमित संख्या बढ्दै गइरहेको बेला चीनमा भने घट्दै गइरहेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुबेई प्रान्तको वुहानमा जम्मा थप ७४ जना संक्रमित भेटिएका छन् । चीनमा हालसम्म ३० हजार ७० जनाको मृत्यु भएको छ भने ८० हजार ६ सय ५१ जना संक्रमित छन् । हालसम्म ९४ देशमा कोरोनाको संक्रमण फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म कोरोनाबाट ३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ भने एक लाख एक हजार चार सय ९२ जना संक्रमित छन् । यस्तै ५६ हजार ८ सय ७५ जना उपचार पछि घर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस