प्रिमनसुन सुरु, तीन महिनासम्म हावाहुरी र चट्याङको डर

काठमाण्डौ । प्रिमनसुन सुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ ।

प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताए। उनका अनुसार मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुनमा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ ।

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने उनले बताए ।

प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस