बैतडीमा स्कारपियो दुर्घटना ८ जना घाइते, एकको अवस्था गम्भीर

बैतडी । आज बिहान स्कारपियो दूर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । धनगढीवाट दार्चुला जादैं गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो ।

स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ । चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडीले प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस