पहिलो जितको खोजीमा नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दै

काठमाडौं । थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले आज हङकङको सामना गर्दैछ। पहिलो खेलमै मलेसियासँग पराजय भोगेर खराब सुरुवात गरेको नेपालले आज हङकङसँग पहिलो जितको खोजिमा हुनेछ।

हङकङले भने जारी प्रतियोगितामा आज पहिलो खेल खेल्ने छ। शनिबार भएको खेलमा सिंगापुर र मलेसियाले जित निकालेका थिए। हङकङ र नेपाल परिचित प्रतिद्वन्दी हुन्। नेपाल र हङकङबीचका पछिल्ला ५ खेलहरुमा १ खेल नेपालले जित्दा २ खेल हङकङले जितेको थियो। त्यसअघिका २ खेल रद्द भएका थिए।

नेपाल र हङकङ पछिल्लो समय ओमनमा पाँचदेश सम्मिलित टी २० सिरिजमा खेलेका थिए जसमा नेपालले हङकङमाथि ४ विकेटको जित निकालेको थियो। खेल आज बिहान ८: १५ मा थाइल्यान्डको बेङ्ककमा शुरु हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस