पशु बीमा अनुदान कार्यक्रमको निरन्तरता

काठमाडाैँ । सरकारले व्यवसायीक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ । शनिबार राजधानीमा भएको ‘पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. चन्द्र ढकालले पशु बीमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताए ।

अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ विमान अनुदानका लागि भूक्तानी गरिसकेको छ । २५ अर्ब बराबरको बीमा भएकोमा २२ अर्ब बराबरको बीमा पशुपंक्षीको मात्रै भएको उनले बताए । सरकारले पशुको क्षति न्युनिकरणका लागि पशु बीमा अनुदानको रुपमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । व्यवसायीक किसानहरुलाई कुनै पनि प्रकारको गाडी खरिदमा भन्सार छुट दिएको छ । १ सय भन्दा बढी गाईंभैसी पालिरहेका किसानहरुले यो अनुदान पाउने उन्ले बताए ।

पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले सरकारले बाहिरबाट आउने पशुपंक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाई गरिएको बताए । क्वारेन्टाइन पास भएका पशुपंक्षीमात्रै भित्र्याउने गरी सरकारले कदम चालेपछि अहिले बाख्रापालन गर्ने किसानहरु बढेका छन् । बाहिरबाट आउने पशुहरुसँगै कुनै पनि प्रकारको रोग नआवस भन्नेतर्फ सरकार सजग रहेको उनले बताए । कृषि तथा पशुपालन क्षेत्रका व्यवसायिक किसानहरु पहिलो पटक संगठित भएका हुन् ।

नव निलहरी मिश्रीत कृषि समूह मध्यपुर र चम्पादेवी कृषि समूह मनोहराले व्यवसायिक किसानहरुलाई संगठित गरेको हो । शनिबार पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवशर र चुनौती विषयक अन्तरक्रियामा सहभागि किसानहरुले आफ्नो समस्याहरु सुनाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस