अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी

काठमाडौं । नेपाली फिल्म जगतका चर्चित नायक अनमोल केसीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले केही समयपहिले उजुरी दिएका हुन्।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा अभिनयमा गर्ने सहमति जनाई ५ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएपनि फिल्म खेल्नको लागि समय नदिएको भन्दै निर्माताहरू श्रेष्ठ र खड्गीले नायक केसीविरुद्ध उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले केसीविरुद्ध उजुरी परेको जानकारी दिए।

नायक केसीले श्रेष्ठ र खड्गीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक लिनेगरी फिल्ममा अभिनय गर्ने सम्झौता गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ। सोही सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी लिएको तर, सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको निर्माताद्वयले आरोप लगाएका छन्। यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत लिएको उजुरीमा उल्लेख छ।

यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्‍याएको उजुरीमा उल्लेख छ। उजुरीमा केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ।

अनमोल निकट स्रोतले भने नायक केसीले नगद भुक्तानी नलिएको दाबी गरेको छ। उनले फिल्ममा अभिनयका लागि तयारीमा केही रकम खर्च भएपनि पारिश्रमिक बापत रकम भुक्तानी नलिएको बताए। उनले यस विषयमा निर्माताद्वयसँग पटक पटक छलफल भएको जानकारी दिदै अहिलेपनि औपचारिक तथा अनौपचारिक रूपमा समेत छलफल भइरहेको बताए। पछिल्लो समय नायक केसीको मोबाइल नम्बर परिवर्तन भएका कारण सम्पर्क हुननसकेका कारण निर्माताद्वय प्रहरी कार्यालय पुगेको हुनसक्ने उनको दाबी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस