एनएमबी बैंककाे रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनामा लगानी

काठमाडौं । एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने वताएकाे छ । रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा बैंकले साे आयोजनाका लागि लगानी लगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा आज हस्ताक्षर गरेका हुन् ।

याे सम्झौता देशको दिगो विकासतर्फ बैंकले लिएको दिर्घकालीन रणनीति अन्तर्गत पर्छ । याे आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने विश्वास बैंकले लिएकाे जानकारी गराएकाे छ ।

मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउनका लागि विभित्र जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएर्कोे एनएमबी अग्रणी बैंककारुपमा उपस्थित छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस