नेपाली कांग्रेसद्धारा आजबाट सदस्यता नवीकरण सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ ।

१४ औं महाधिवेशनको तयारी स्वरूप प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेका हुन् ।

गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन १६  देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो ।

बैठकबाट कांग्रेसले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने पनि निर्णय गरेको थियो । हाल कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या झन्डै पाँच लाख छ । नेपाली कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ ।

तर, केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गगन थापाको प्रस्ताव : कांग्रेस-एमाले मिलौं, साना दोकान बन्द गरौंं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना …

प्रतिकृया दिनुहॊस