सानिमा बैंक र फ्युचर वर्ल्डबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा एपलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार रुपैयाँसम्मका एशेसरिज पाउने छन् । साथै, बैंकका ग्राहकहरुले क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस