दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण : पहिलो चरणको सर्भे सकियो

दैलेख । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सकिएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सकिएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भबिद् डा. गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा काम सकिएको हो ।

उनले माघको दोस्रो साताभित्र सर्भे सम्पन्न गर्ने भनिए पनि बर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता काम सम्पन्न भएको बताए। उनले सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौर्गर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिए।

भूगर्भविद् डा. त्रिपाठीले अन्वेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सेस्मिक लाइनहरुमा सर्भे कार्य सकिएको र अव चिनियाँ प्राबिधिक टोली ची फर्कने र त्यसको नतिजा आउनासाथ मुख्य काम सुरु गर्ने बताए । अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक बिश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार आयातन, ब्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको बिश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन त्यसको निष्र्कष निकालिने बताइएको छ ।

अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सिस्मिक सर्र्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस