स्याङ्जाको वालिङ र ललितपुरको हात्तीवनमा सिद्धार्थको शाखा

काठमाडौं । सिद्धार्थ बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार दुवै शाखलाई सञ्चालनमा ल्याएको हो ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

दुवै नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनबाट समेत सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएममार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस