आर्सनल अन्तिम ३२ बाटै बाहिरियाे

काठमाडाैँ । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएकाे छ । दोस्रो लेगको अतिरिक्त समयमा खाएको गोलका कारण आर्सनलको यात्रा रोकिएको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल ओलम्पिकाससँग २–१ ले पराजित भयो ।

पहिलो लेगमा १–० को जित निकालेको आर्सनल समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा पछि पर्दै अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । आर्सनललाई स्तब्ध पार्दै ओलम्पिकासले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

अवे मैदानमा भएको बिहीबार रातिको खेलमा ५३ औँ मिनेटमा ओलम्पिकासका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाए । पहिलो लेगमा आर्सनलले १–० को जित निकालेका र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाए । तर ११९ औँ मिनेटमा एल–अरबीले गोल गर्दै ओलम्पिकासलाई समग्रमा बराबरी गरी अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा तय गर्ने अवस्थामा ल्याएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस