बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ । बिहीबार अमेरिकी डलरलगायत सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबै‌ंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो ।

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको  छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको थियो । यस्तै, ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ ५२ पैसा पुगेकाे छ । हिजाे यसकाे खरिददर ३०० रुपैयाँ रहेकाे थियाे ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४२ पैसा रहेको थियो ।

यस्तै आज दिनार १ को खरिददर ३०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३०४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ८८ पैसा थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस