सप्तकाेशी नदीमा फेरि जेटबाेट सञ्चालन

भाेजपुर । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) फेरि सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालीका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा तीन सयबाट घटाएर दुई सय ५० कायम गरिएकाे छ ।

त्यस्तै चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा तीन सय ५० बाट तीन सय, चतराबाट हुतवागढी ९ हसनपुरको सिम्ले/हलेदे नदी किनार आसपासका स्थानीयको भाडा चार सय कायम गरिएकाे छ । अन्य क्षेत्रबाट आउने यात्रुको भाडा भने पहिलाकै यथावत् राखिएको छ । स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि झण्डै एक हप्तादेखि सेवा बन्द भएको थियो ।

स्थानीयवासीसँग सहमति भएपछि गएकाे सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । याे ठाउँमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोस्ट रहने सहमतिसमेत भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस