घरेलु कामदारबारे अध्ययन गर्न विज्ञहरुको टोली कुवेत जाँदै

काठमाडौं । घरेलु कामदारको अवस्थाबारे अध्ययन गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितसमितिसहित विज्ञहरुको टोली केही दिनमै कुवेत जाँदैछ। खाडीलगायतका केही मुलुकमा घरेलु कामदारका रुपमा जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएपछि अवैध बाटो हुँदै जानेको संख्या बढेको भन्दै प्रतिबन्ध फुकवा गर्न चौतर्फी दबाब बढेको छ। यससँगै अध्ययनका लागि समितिसहित विज्ञहरुको टोली कुवेत जान लागेको हो।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बध तथा श्रम समितिले ३ वर्ष अगाडि सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानुन नबनेसम्म तथा गन्तव्य मुलुकसँग दुईपक्षीय श्रम समझदारी नगरेसम्मका लागि घरेलु कामदार खाडी नपठाउन सरकारलाई निर्देशन जारी गरेको थियो। सोही निर्देशनअनुसार सरकारले घरेलु कामदारमा रोक लगाएको हो। पटकपटकको छलफल र दबाबपछि गत भदौ ४ गते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुरक्षित रुपमा खाडीमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली श्रमिकहरुलाई पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको थियो। त्यसपछि घरेलु कामदारका रुपमा कार्यरत श्रमिकहरुले पुनः श्रम स्वीकृति पाउन थालेका छन्।

घरेलु कामदारका रुपमा खाडी मुलुकमा अत्याधिक जोखिम रहेको भन्दै ती गन्तव्य मुलुकहरुमा तत्काल नयाँ श्रम स्वीकृति जारी गर्न नसकिने संसदको श्रम समितिले अडान लिएको छ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राष्ट्रिय मानव अधिकार आयोगसहित विज्ञहरुको टोलीले अध्ययन गरी सुरक्षाको प्रत्याभूत हुने गरीमात्रै खुल्ला गर्ने समितिका सभापति विमल श्रीवास्तवले बताए।

सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदार मैत्री सम्झौता गरेर मात्रै खाडीमा घरेलु कामदार पठाउन सांसद तथा सम्बन्धित सरोकारवालाहरुले समितिलाई सुझाव दिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस