उत्तर–पूर्वी दिल्लीको हिंसामा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मृत्यु हुनेको संख्या २०  पुगेको छ भने १८९ जना घाइते भएका  छन् ।

हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ ।

भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् । उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् ।

दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो । समाचार अनुसार, हिन्दू र मस्मिल समूदायबीच झडपका घटना भइरहेका छन् ।

भारत सरकारको नागरिकतासम्बन्धी संशोधित कानुन विभेदकारी भएको भन्दै मुस्लिम बहुल देशहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसमेत गराएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस