इरानका स्वास्थ्य उपमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

काठमाडौं । इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि कोरोनाभाइरस सङ्क्रमण  देखिएको बीबीसीले उल्लेख गरेको छ।

इरानमा कोरोनाभाइरसका कारण हालसम्म पन्ध्र जनाको ज्यान गइसकेको आधिकारिक तथ्याङ्क आएको छ। इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बाहरेनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको थियो। ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस