निमित्तको भरमा नेपाल प्रहरी, आकांक्षी धेरै हुँदा बढुवामा ढिलाइ

काठमाडौं । सरकारले समयमै प्रहरीका एआईजी र डीआईजी नियुक्त नगर्दा पाँचवटा प्रदेश र महत्वपूर्ण विभाग निमित्तको भरमा संचालन हुँदै आएका छन् । समयमै एआईजी र डीआईजी नियुक्तिको प्रक्रिया सुरु नहुँदा प्रहरी संगठन निमित्तको भरमा चलेको हो ।

केहीदिन अघि तत्कालीन माहानिरीक्षक सर्वेन्द्र खनालसँगै तीन एआईजी र १७ डीआईजीले अवकाश पाएपछि नेपाल प्रहरीका विभिन्न निकायमा ठूलो संख्यामा दरबन्दी रिक्त रहेको छ । तर सरकारले समयमै रिक्त पदको पूर्ति नगर्दा ‘चेन अफ कमान्ड’मा चल्ने सुरक्षा निकाय निमित्तको भरमा संचालन भइरहेको छ ।

आवश्यकता भन्दा बढी आकांक्षी देखिएकाले पनि बढुवा प्रक्रियामा ढिलाइ भएको गृह मन्त्रालयले जनाएको छ । हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक हुनुअघि डीआईजीका रुपमा प्रदेश–१ मा कार्यरत थिए ।

उनी आईजीपी बनेपछि प्रदेश–१ एसएसपीको भरमा चलेको छ । प्रदेश–२ मा भने डीआईजी प्रद्युम्न कार्कीले कमाण्ड सम्हालेका छन् । प्रदेश ३, ४, ५ र ६ मा पनि डीआईजी छैनन् । यसअघि प्रदेशको नेतृत्व गरिरहेका डीआईजी २८ फागुनमा अवकाशमा गएका थिए ।

प्रदेश–७ मा भने तारणी लम्साल हुन । उनी हाल एआईजीको दौडमा छन् । हाल ७ जना डीआईजी तीन एआईजीको प्रतिस्प्रर्धामा छन् । यसबाहेक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, मानव स्रोत एवं प्रशासन विभाग र कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व एआईजीले गर्छन् ।

तर हाल डीआईजी नभएका प्रदेश र ३ विभागको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षकले गर्दै आएका छन् । सातवटै प्रदेशमा डीआईजी नेतृत्वमा संगठन रहेको हुन्छ भने तीन विभागको नेतृत्व एआईजीले गर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस