सुनको भाउ एकै दिनमा १५ सय बढ्यो, छापावाल सुन ८० हजार ३ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन  सोमबार भने १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस