मध्यरातमा २० लाखभन्दा बढीको धनमाल चोरी

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीबाट झण्डै २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।

भारतीय सीमा जोडिएको यस गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीयको घरबाट धनमाल चोरी गरेको स्थानीयबासी अशोककुमार यादवले जानकारी दिए ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । स्थानीय अशोककुमार यादवले भने ‘राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।’

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस