खैरो हेरोइनसहित २३ वर्षीया युवती पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीले खैरो हेरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया बीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लागू औषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा रिहा …

प्रतिकृया दिनुहॊस