अब मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको विवरणबारे जानकारी दिने मोबाइल ‘एप्स’ सुरु गरेको छ । पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि यो ‘एप्स’ सुरु गरिएको हो ।

केयुकेएलले यो एप्सको सुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ ।  एप्सबाट जुनसुकै स्थानमा बसेर पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ।  मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुन सक्ने उनले बताए ।

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ। लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो संकलन गर्ने एप्स पनि सुरु गरेको छ । विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस