चलचित्र ‘प्रेमगीत ३’ दोस्रो गीत सार्बजनिक (भिडियो)

काठमाडौँ । यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । गीतमा फिल्मका चल/अचल दृश्यहरु समावेश छन् । गीतले फिल्मका दुई प्रमुख पात्र प्रेम र गीतको मनोभाव र प्रेमभाव बोल्छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का ‘प्रेम’ र नव(अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ को भूमिकामा छन् । गीतमा उनीहरुको अंकुराउँदै गरेको प्रेमलाई देखाइएको छ । गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ ।

फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । [youtube https://www.youtube.com/watch?v=82u-4xcsyJU?feature=oembed]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस