चितवनमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

चितवन । चितवनको भरतपुरमा तीव्र गतिमा गुडिरहेको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको हो।

कारमा रहेका ३ जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो।

यस्तै नवलपरासी बुलिङटार गाउँपालिका-१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस