गोरखपुरबाट नेपालसम्म पाइपलाइनबाट ग्याँस ल्याइने

काठमाडौं । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइनको अध्ययन शुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्याँस पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्याँस कच्चा पदार्थ हो । यो मिथेन ग्याँस हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ ।

भट्टराईका अनुसार नेचुरल ग्याँस मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्याँस आवश्यक हुनेछ, यो ग्याँसले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गष्रएको हो ।

समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ । निगमका अनुसार गोरखपुरसम्म ग्याँसको पाइपलाइन आउँदैछ । गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ । सम्भाव्यता अध्ययन गर्न इन्डियन आयल कर्पोरेसन पनि तयार रहेकाले अध्ययन थालिएको हो ।

निगमकी निर्देशक अरुणा क्षेत्रीको संयोजकत्व रहेको अध्ययन समितिले ४५ दिनमा प्रतिवेदन बुझाउने छ । निगमले सिलगुढी–झापा पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययनका लागि समिति बनाएर काम थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस