चितवनमा १० महिना भित्र १८ गैडा मरे, घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ।  चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।  उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै  तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ। तीमध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न  तीन करोड र पुरानो १०० हेक्टरमा  ५० लाख बजेट विनियोजन गरिएको छ।

यसका लागि बोलपत्र आह्वान भइसकेको छ। ठेकेदार कम्पनीले  एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केही दिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए।  नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ। निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि  निकासा भएको जानकारी दिए। गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो।  उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ।

यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ। आउँदो तीन वर्षभित्र एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ।  चालु आवमा ४९  पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम  छ। दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

प्रतिकृया दिनुहॊस