आर्सनल विजयी, म्यानयु बराबरीमा रोकियो

काठमाडौं । युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पिकाओसलाई पराजित गर्दा युनाइटेडले बेल्जियमको क्लब ब्रुगासँग बराबरी खेलेको हो ।

ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे । बुकायो साकाको क्रसमा ८१औं मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन् । दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ ।

यस्तै, प्रिमियर लिग क्लब युनाइटेडले बेल्जियमका क्लब ब्रुगासँग १–१ गोलको बराबरी खेलेको छ । दोस्रो लेगको खेल युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा आउँदो बिहीबार हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस