एनएमबिको ‘प्रोजेक्ट स्वरोजगार’मा आवेदन खुल्यो, सिराहावासीलाई निःशुल्क तालिम दिइने

काठमाडौं । एनएमबि बैंकको प्रोजेक्ट स्वरोजगारमा आवेदन खुलेको छ । स्वरोजगार हुन चाहने व्यक्तिहरुका लागि केन्द्रित गर्दै सञ्चालन गर्न लागेको सो परियोजनामा सिराहा जिल्लाका ५० जना व्यक्तिलाई तालिम दिनेगरी एनएमबि बैंकले उक्त आवेदन खुलाएको हो ।

एनएमबि बैंकको उक्त प्रोजेक्टमा सहभागी हुन चाहने उद्यमीहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो तालिमले नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिति तथा क्षमता विकास गर्र्ने सघाउने उद्देश्य बैंकले राखेको छ । उद्यममा संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिने र छनौट भएका सहभागीहरुलाई ४ दिन निःशुल्क तालिम सञ्चालन गर्ने समेत बैंकले जनाएको छ ।

उक्त तालिममा सहभागी हुन चैत ८ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सिराहा जिल्ला निवासी हुनुपर्ने, सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने र सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने शर्त राखिएको छ ।

उक्त तालिम लिएपछि व्यावसायिक ज्ञान बृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त ग हुने, वित्तीय पहुँचका लागि सहजता आउने तथा बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस