उदयपुरको विद्यालय सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतसाठी हजारको आर्थिक सहयोग प्रदान गरेको छ । आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो ।

विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।

यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस