सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

यस्तो छ शर्माले जारी गरेको विज्ञप्तिः
फागुन ८, २०७६

संचार मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् !
प्रेस वक्तव्य

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए l तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ l

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ l

जय नेपाल ।

विश्वप्रकाश शर्मा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस