आइपीएलको पहिलो खेलमा चेन्नाई र मुम्बई भिड्ने

काठमाडौँ । इण्डियन प्रिमियर लीग (आइपीएल)को तालिका सार्वजनिक भएको छ। भारतको बहुचर्चित आइपीएलको तालिका सार्वजनिक भएको हो। तालिका अनुसार आगामी मार्च २९ देखि शुरु हुने प्रतियोगिताको फाइनल भने मे २४ मा हुने छ।  पहिलो खेल मे २९ मा चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच मुम्बईमा हुने छ। गत संस्करणको विजेता मुम्बईले उपविजेता चेन्नाईसँग खेल्ने छ।

मुम्बईको कप्तान रोहित शर्मा रहेका छन् भने चेन्नाईको कप्तान भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी रहेका छन्।  पहिलो पटक आइपीएलमा शनिबार दुई खेल राखिएको छैन्। आइतबार भने दुई खेल हुने छ।  आईपीएलमा चेन्नाइ सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रेयल च्यालेन्जर्स बैग्लोर सनराई हैदरावाद किङ्स इलाभेन पञ्जाव कोलकाता नाइट राइडर्स रहेका छन्।  नेपाली बलर सन्दीप लामिछानेले दिल्ली क्यापिटलबाट खेल्ने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस