कोरोनाका भाइरसबाट मर्नेको संख्या १६ सय नाघ्यो

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हो ।

वुहान शहरमा फैलिएको कोरोनाका कारण मृतक र प्रभावितको संख्या बढ्दै गएको हो । कोरोनाको महामारी फैलन नदिन चीन लगायत विभिन्न देशले चेकजाँचमा कडाइ गर्नुका साथै चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई दुई सातासम्म क्वारेन्टाइमा राख्ने गरेका छन् ।

यसैबीच कोरोनाको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । चीनको भ्रमण गरेर फर्किएका एक जनाको फ्रान्समा मृत्यु भएको हो । योसँगै कोरोनाका कारण चीन बाहेह अन्यत्र मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि हङकङ, फिलिपिन्स, र जापानमा एक एक जनाको मृत्यु भइसकेको थियो । कोरोनाको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको छ । चीनमा मात्र ६८ हजार सर्वसाधारण कोरोनाको संक्रमणमा रहेका छन् ।

यता, विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको महामारी नियन्त्रणमा लागि सबै देश एकजुट हुनुपर्नेमा जोड दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रस अधानोम गेबेरियससले महामारी नियन्त्रणका लागि भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस