आईसीसी नयाँ महिला टी-२० वरीयता : नेपालबाट २ खेलाडीले स्थान बनाए

काठमाण्डाै । आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट २ महिला खेलाडीले स्थान बनाएका छन । जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् ।

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन् । टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ ।नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन ।

नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ ।

यॊ पनि हेर्नुहॊस

आर्सनल अन्तिम ३२ बाटै बाहिरियाे

काठमाडाैँ । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएकाे छ । दोस्रो लेगको अतिरिक्त …

प्रतिकृया दिनुहॊस

This will close automatically after: