विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ७५ हजार घुस लिएको आरोपमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक (आठौँ तह) शेरबहादुर सुनारलाई घुससहित नियन्त्रणमा लिएको छ ।

निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ । प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

निज खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका–७ गैरीचोकबाट रङ्गेहाते र सहायक प्रबन्धकलाई कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

नेपाली कांग्रेसद्धारा आजबाट सदस्यता नवीकरण सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु …

प्रतिकृया दिनुहॊस

This will close automatically after: