ए डिभिजन लिग : उपाधिका लागि आज मछिन्द्र र आर्मी भिड्दै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी भिडन्त आज हुँदैछ ।यसका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यो खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । खेल जसले जीते पनि लिगमा नयाँ क्लब च्याम्पियन हुन लागेका हुन । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । स्थिर प्रर्दशन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको आर्मी लयमा देखिन्छ ।

राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रसंग व्यक्तिगत रुपमा उत्कृष्ट खेल्न सक्ने खेलाडीको मिश्रण छ । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधी जित्नेमा ढुक्क समेत छन् । लिगमा आर्मी शीर्ष स्थानमा छ भने मछिन्द्र दोस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस